माघ पहिलो साताबाट नाकाको अबरोध हट्छ : घर्ती

माघ पहिलो साताबाट नाकाको अबरोध हट्छ : घर्ती

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

दाङ, २९ पुस ।

नेकपा (एमाले) का सचेतक गोकुल घर्तीले माघ ६ गतेभित्र संविधान संशोधन विधयक टुङ्गिएसँगै सिमानामा भइरहेको अवरोध पूर्णरुपमा हट्ने बताउनुभएको छ । 

प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

मधेसी मोर्चाका मुद्दामा सरकार गम्भीर रहेको भन्दै घर्तीले संविधान संशोधन विधयकमार्फत आन्दोलन पक्षलाई सहमतिमा ल्याई नाका खोलिने उहाँको भनाई छ । उहाँले भारतसँग पटकपटक भएका कुटनीतिक छलफलबाट नै सीमाको समस्या कम हुँदै गएको बताउनुभयो ।

राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकिएको भन्दै उहांँले अब समृद्धिको यात्रा सुरुवात गर्नुपर्ने उहाँको भनाइ छ । पत्रकार सम्मेलन चौतारी दाङका अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ