काठमाडौं, २८ पौष ।
नेपाली कांग्रेसले कैलालीे, सोलुखुम्बु र रौतहटको चारवटा चुनाव क्षेत्रबाट आएका नयाँ क्रियाशिल सदस्यतालाई मान्यता नदिने भएको छ ।
पदाधिकारी बैठक पछि कांग्रेसले एक बिज्ञप्ती निकालेर विवादित जिल्लाका नयाँ सदस्यतालाई १३ औं महाधिवेशनमा भाग लिन नपाउने निर्णय गरेको जनाएको छ ।
सोलुखुम्बु, कैलाली र रौतहटको १, २, ३ र ४ नम्बर चुनाव क्षेत्रबाट अघिल्लो महाधिवेशन भाग लिएर नवीकरण गरेका सदस्यहरुले मात्र १३ औं महाधिवेशनमा भाग लिन पाउने मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।
नयाँ सदस्यतालाई मान्यता दिनुपर्ने र दिन नहुने माग गर्दै पार्टी कार्यालय सानेपामा विवादित जिल्लाका ६ टोली अनशन बसिरहेका छन् । पदाधिकारी बैठकले क्रियाशिल सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई छिट्टै बुझाउने निर्णय पनि गरेको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline