काठमाडौं,२८ पौष ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही पृथकतावादी शक्तिले मुलुक टुक्र्याउने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्रज्ञा सभालाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पृथकतावादीलाई सबै मिलेर परास्त गर्नुपर्ने बताउनु भयो ।
उहाले मुलुक टुक्र्याउने षड्यन्त्र कुनै पनि हालतमा सैह्य नहुने भन्दै हिंसात्मक राजनीति र गलत व्यवस्थापनका कारण मुलुक गरिव भएको बताउनु भयो । मुलुकमा जारी समस्याको समाधान लोकतान्त्रिक विधि र मान्यता अनुरुप खोजिने उहाको भनाई छ ।
ओलीले आफूले पाएको अवसरलाई सदुपयोग गर्ने बताउदै उहाले राष्ट्रिय एकता टुक्र्याउने क्षमता कसैमा नरहेको बताउनु भयो ।
मुलुकलाई तिब्र परिवर्तन गर्ने अग्रसरतामा सरकार लागेको भन्दै प्रधानमन्त्री ओलीले त्यसमा सबैले सहयोग गर्न आबश्यक रहेको बताउनु भएको छ ।