मध्यपश्चिमाञ्चल विश्वविद्यालयकासात जना भ्रष्टाचारी ठहर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयकासात जना भ्रष्टाचारी ठहर

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २७ पुस ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार ठकेन्द्र गिरीलगायत सात जनालाई भ्रष्टाचारी ठहर गर्दै विशेष अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ ।

अदालतका न्यायाधीश भूपेन्द्रप्रसाद राई, पवनकुमार शर्मा र नरेन्द्रकुमार शिवाकोटीको इजलासले सो विश्वविद्यालयका रजिस्ट्रार गिरीसहित सात जनालाई भ्रष्टाचारी ठहर गरेको प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।

अदालतले सो उक्त विश्वविद्यालयका रजिस्ट्रार गिरीलाई रु छ लाख ८२ हजार जरिवानासहित एक वर्ष नौ महिना कैद सजाय सुनाएको छ भने कर्मचारी सुचन गौलीलाई रु तीन लाख १७ हजार जरिवाना र सात महिना कैद तथा कमल केसीलाई रु दुई लाख ७३ हजार जरिवानासहित सात महिना कैद सुनाएको छ ।

त्यस्तै गणेशबहादुर राउतलाई रु दुई लाख ९३ हजार जरिवानासहित सात महिना कैद, गगनसिंह बोहरालाई रु एक लाख ५८ हजार जरिवानासहित छ महिना कैद, पारसमणि गिरीलाई रु एक लाख ७८ हजार जरिवानासहित छ महिना कैद र जीवनकुमार थापालाई रु एक लाख ६०० जरिवानासहित छ महिना कैदको सजाय सुनाइएको छ ।

भ्रष्टाचारको अभियोग लगाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका १६ मध्ये उपकुलपति पदमलाल देवकोटासहित नौ जनालाई भने अदालतले सफाइ दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ