चर्चित गायिका रेखा शाह प्रहरी नियन्त्रणमा

चर्चित गायिका रेखा शाह प्रहरी नियन्त्रणमा

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,२७ पौष ।

चर्चित गायिका रेखा शाहलाई चर्को व्याजमा ऋण लगानी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । उनले सन्दिपराज काफ्लेलाई कागज गरी ८६ लाख रुपैयाँ दिएकी थिइन् ।

कानुनले तोकेभन्दा बढी व्याज लिएर रकम लगानी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । रकम लिएका काफ्ले सम्पर्क्विहीन भएपछि गायिका शाहले उनका बाबुलाई रकम फिर्ता गर्न दबाव दिएकी थिइन् ।

काफ्लेका बाबुले प्रहरीमा उजूरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सल्लाहका लागि महानगरीय अपराध अनुसन्धान पुगेकी शाहलाई आज प्रहरीले हिरासतमा राखेको प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

राजधानीमा समस्या परेका व्यक्तिहरुलाई चर्को व्याज लगाएर ऋण दिएर अकूत कमाई गर्ने प्रवृत्ति पछिल्लो वर्षमा बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ