काठमाण्डौ,२७ पौष ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीको नेतृत्वमा बनेको वर्तमान सरकार अहिले नै नढल्ने बताउनुभएको छ ।
उहाँले बाहिर हल्ला भएजस्तै अहिले नै सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभयो । ज्ञवालीले सरकार चलाउने क्रममा केही गल्ती–कमजोरी भएको भन्दै काँग्रेसले नचाहँदासम्म सरकार नढल्ने बताउनुभयो ।
पत्रकारसम्मेलनमा ज्ञवालीले सत्तापक्ष केही दलका नेताले सरकारले काम गर्न सकेन भन्दै बाहिर भाषण गर्दै हिँड्नुभन्दा पनि सरकारका राम्रा र नराम्रा कामलाई छुट्याएर सुझाव दिन पनि आग्रह गनुभयो ।
उहाँले मधेसवादी दलले गरेको आन्दोलनको कुनै तुक नभएको बताउनुभएको छ । मधेसवादी दलले गरेको आन्दोलनमा स्वयम् त्यहाँका जनताले उनीहरुलाई साथ नदिएको भन्दै नेता एक्लैले गरेको आन्दोलनको तुक नभएको बताउनुभयो ।
एक अर्को प्रसङ्गमा उपाध्यक्ष ज्ञवालीले चीनको अविश्वासका कारण पेट्रोलियम पदार्थ आयात हुन नसकेको भन्दै प्रधानमन्त्रीलाई नै चीनले बोलाएको र केही दिनमा नै त्यसको निकास निस्कने बताउनुभयो ।