काठमाडौं, २७ पौष ।
नेपाल एकीकरणका अभियान्त पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी जनस्तरमा मनाइदैछ ।
यस्तै राप्रपा नेपालले पृथ्वी जन्मजयन्ती राष्ट्रिय एकता दिवसको रुपमा मनाउदै छ भने यसै अवसरमा राप्रपाले राजधानीमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ ।
विक्रम सम्वत १७७९ साल पुस २७ गते गोर्खामा जन्मनुभएका शाहले आफ्नो शासनकालमा टुक्रिएर रहेका विभिन्न स–साना राज्यलाई जोडेर नेपाल एकीकरण गरि अहिलेको नेपाल बनाउन नेतृत्व गर्नुभएको थियो ।
तत्कालीन विस्तारबादी अंग्रेज साम्राज्यले समेत शाहको नेतृत्वमा रहेको नेपाललाई जित्न नसकेको इतिहास छ भने उहाँलाई शाह वंश स्थापति गर्ने राजाका रुपमा पनि चिनीन्छ ।
यद्यपी शाहले नेपाललाई भौगोलीक एकीकरण गरेपनि भावनात्मक रुपमा एकीकरण गर्न असफल रहेको तथा आफ्नो शासनकालमा विभिन्न जातजाति तथा भाषभाषीमाथि दमन गरेको आरोप समेत लाग्ने गरेको छ ।