संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्ने महामन्त्री सिटौलाको भनाई

संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्ने महामन्त्री सिटौलाको भनाई

  • आइतवार, पुस २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २६ पुस ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्ने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला प्रजातान्त्रिक प्रवद्र्धन केन्द्रले आज राजधानी आयोजना गरेको ‘दिगो शान्ति, संविधान कार्यान्वयनका चुनौती र युवा नेतृत्व’ विषयको अन्तरक्रियामा महामन्त्री सिटौलाले संविधान काँग्रेसको नेतृत्वमा आएकाले यसलाई कार्यान्वयनको जिम्मा पनि काँग्रेसले गर्नेे स्पष्ट पार्नुभयो ।

महामन्त्री सिटौलाले पार्टीको आगामी महाधिवेशनले युवा वर्गलाई नेतृत्वमा ल्याउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनले शीर्ष नेताको योगदानको सम्मान गर्दै योग्य व्यक्तिलाई अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ