राहत वितरण र पुनःनिर्माणमा कुनै पनि कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको भनाई

राहत वितरण र पुनःनिर्माणमा कुनै पनि कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको भनाई

  • आइतवार, पुस २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २६ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण र पुनःनिर्माणको कामलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

संसद् अन्तगर्तको विकास समितिको आजको बैठकमा उहाँले राहत तथा पुनःनिर्माणको काम योजनावद्ध रुपमा अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।

उहाँले सरकारले आज बिहानसम्म भूकम्प प्रभावित जिल्लामा न्यानो कपडा खरिदका लागि रु पाँच अर्ब ५० करोड रकम वितरण भइसकेको र बाँकी रहेको रु ५० करोड रकम भोली साँझसम्म वितरण भइसक्ने जानकारी दिनुभयो ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा थप राहत रकम उपलब्ध गराउन सरकारले आवश्यक निर्देशन दिइसकेको र केही दिनभित्रै ती क्षेत्रमा पुगिसक्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ