काठमाण्डौ,२६ पौष ।
प्रमुख ३ दल र आन्दोलनरत मधेशी मोर्चावीच आज कार्यदल स्तरमा छलफल हुदैछ । हिजो बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यस्तता कारण आजका लागि सारीएको थियो ।
कार्यदलको आजको बैठकले मोर्चाको ११ वुँदे मागका सम्वन्धमा साझा धारणा बनाउने बताइएको छ । ३ दलका शीर्षस्थ नेतासंग छुट्टा छुट्टै छलफल पछि आज अपरान्ह कार्यदलको वैठक वस्ने कंग्रेसका सदस्य महेश आचार्यले जानकारी दिनुभयो।
प्रमुख दलले अघि सारेको सिमाकंन हेरफेरको बिषयलाई राजनीतिक संयन्त्र मार्फत टुंगो लगाउने बिषयमा सकारात्मक देखिएको मोर्चाले त्यसको बैधानिकता र हैसियतमा प्रश्न उठाउदै आएको छ ।तीन दल र मधेसी मोर्चाले छुट्टाछुट्टै बनाएका कार्यदलले पछिल्लो पटक संयूक्त छलफल गरिरहेका छन ।
मोर्चाको कार्यदलका सदस्य तमलोपाका उपाध्यक्ष ह्दयस त्रिपाठीले ११ वुँदे मागका सम्वन्धमा छलफल सकारात्मक रुपमा अघी वढेकाले राजनीतिक संयन्त्रको बैद्यानिकताबारे साझा धारणा बनाउन प्रमुख दलहरुलाई आग्रह गरिएको बताउनुभयो ।