सदस्यता विवाद मिलाउन काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

सदस्यता विवाद मिलाउन काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

  • आइतवार, पुस २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, २६ पौष ।

पार्टीभित्रको सदस्यता सम्बन्धि विवाद मिलाउन नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक आज बस्दै छ । आजकोे केन्द्रिय समितिको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए ।

क्रियाशील सदस्यताको विषयमा पार्टी कार्यालयमा अहिले ६ वटा टोली अनसनमा बसेका छन भने शुक्रबारदेखि कैलालीको एउटा टोली फेरि थपिएको छ ।

आजको बैठकमा अनशनलाई लिएर सस्थापन पक्ष निकट केन्द्रिय सदस्यहरुले नरहरी आर्चायले प्रस्तुत गरेको क्रियाशील सदस्यता छानबीन समितिको प्रतिबेदन पुनरावलोकन गर्न माग गर्ने तयारी गरेका छन ।

यता शेर बहादुर देउवा पक्षीय नेताहरुले भने आर्चायले प्रस्तुत गरेको प्रतिबेदन जस्ताको त्यस्तै कार्यान्वयन गर्न माग गर्ने तयारी गरेका छन ।

आर्चायले प्रस्तुत गरेको प्रतिबेदनलाई पुनरावलोकन गर्दा आगामी फागुन महिनामा महाधिवेशन हुन नसक्ने देउवा पक्षीय नेताहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ