सहकारीको सही सदुपयोग भएन : नेता निधि

सहकारीको सही सदुपयोग भएन : नेता निधि

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, २५ पुस ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारीको सही सदुपयोग हुन नसकेको बताउनुभएको छ ।

उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभाको  उद्घाटन गर्दै उहाँले सहकारीमर्फत प्रगति हासिल गर्न सकिने भएतापनि सहकारीको सही प्रयोग हुन नसकेकाले समस्या आएको बताउनुभयो ।

ग्रामीण अर्थव्यवस्था विकासका लागि सहकारी नै उत्तम विकल्प भएको उहाँको भनाइ थियो ।

अहिले नाकाबन्दीका कारण जनताले सास्ती पाएको बताउँदै उहाँले केही समयभित्रै नाकाबन्दी हट्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सहकारीमार्फत देश आत्मनिर्भरतामा जान सक्ने बताउनुभयो । परनिर्भरता हटाउन सहकारी प्रमुख माध्यम बन्न सक्ने उहाँको भनाइ थियो ।

तीन खम्बे अर्थतन्त्रबाट नै देश आत्मनिर्भर बन्न सक्ने बताउँदै उहाँले सहकारीले अन्य क्षेत्रमा रचनात्मक काम गरेपनि कृषि क्षेत्रमा विशेष लगानी गर्न आवश्यक भएको बताउनुभयो ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले पूँजीवाद र समाजवादकोे सम्मिश्रण नै सहकारी भएकाले सबैका लागि सहकारी उत्तम माध्यम भएको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार धु्रवप्रसाद सापकोटा, रत्न शमशेर, धु्रवचन्द गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हाल संस्थाको सेयर पूँजी रु दुई करोड ५९ लाख ७६ हजार ३०० रहेको सो अवसरमा जानकारी दिइयो । संस्थाले रु १३ करोड ६३ लाखभन्दा बढी निक्षेप सङ्कलन गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ