पच्चीस प्रहरी पुरस्कृत, तेइस कारबाहीमा

पच्चीस प्रहरी पुरस्कृत, तेइस कारबाहीमा

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

भोजपुर, २५ पुस ।

जिल्ला प्रहरी कार्यलय भोजपुरले २५ प्रहरीलाई पुरस्कृत तथा २३ जनालाई कारबाही गरेको छ ।

गाँजा फँडानी र फरार अभियुक्त पक्राउ अभियानमा उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी नायब निरीक्षक दुई, , प्रहरी सहायक निरीक्षक छ, प्रहरी हवल्दार पाँच र प्रहरी जवान ११ जना छन् । उनीहरुलाई नगद पुरस्कार वितरण गरिएको छ ।

प्रहरीको आचरण विपरीत काम गर्ने प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक दुई दुई, प्रहरी हवल्दार पाँच, प्रहरी जवान १२, प्रहरी कार्यालय सहयोगी एक गरी २२ जना अभिलेखजन्य कारबाहीमा तथा एक प्रहरी निरीक्षक सख्त चेतावनीको कारबाहीमा परेको बताइएको छ ।

गत भदौदेखि भोजपुर प्रहरीले फरार अभियुक्त पक्राउ र गाँजा फँडानीलाई विशेष प्राथमिकतामा राखेर अभियान नै चलाएको थियो, जसमा अहिलेसम्म १२२ अभियुक्त पक्राउ परेका छन् भने ३३७ रोपनी जग्गामा गाँजा फँडानी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ