काठमाडौ २५ पौष ।
मुख्य तीन दल र आन्दोलनरत मधेशी मोर्चाबीच आज कार्यदल स्तरमा छलफल हुदैछ ।
मोर्चाले अघि सारेका मागको सम्बोधनका विषयमा आजको बैठकमा छलफल हुने मोर्चाका तर्फ कार्यदल सदस्य तथा संघिया समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
प्रमुख दलले अघि सारेको प्रदेशको सिमांकन हेरफेरको विषयलाई राजनितिक संयन्त्र मार्फत तीन महिना भित्रमा टुङ्गो लगाउने दलहरुको प्रस्तावमा मोर्चाले त्यसको वैधानिकता र हैसियतमा प्रशन उठाउदै आएको छ । यद्यपी उक्त प्रस्तावमा मोर्चा सकारात्मक देखिएको छ ।
आजको बैठकमा संयन्त्रको वैधानिकताका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यस्तै मोर्चाले राखेको अन्य मागका विषयमा पनि छलफल हुने बताइएको छ । बैठक अपरान्न ४ बजेपछि बस्ने सदस्य श्रेष्ठले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline