दमक, २५ पुस ।
नेकपा (एमाले) झापा क्षेत्र नम्बर ७ को आयोजनामा शुक्रबार दमकको आमचोकमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा हाडजोर्नी तथा नसा, महिला तथा प्रसूति र आँखा रोगको बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
भिडियो एक्स–रेसमेतको व्यवस्था रहेको शिविरमा २५० जनाको आँखा परीक्षण गरिएको थियो ।
चिकित्सकहरु ओम मेची अस्पताल दमकका शङ्करप्रसाद हुजदार, झापा होमियोपेथिक मेडिकल सेन्टर दमकका नवीन चापागार्इं, आम्दा अस्पतालका डिल्लीराज रिजाल र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शकुन्तला चापागार्इंलगायतले शिविरमा आएकाको स्वास्थ्य जाँच गर्नुभएको थियो ।
शिविरको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीले उद्घाटन गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline