प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलवीच छलफल हुँदै

प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलवीच छलफल हुँदै

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, २४ पौष ।

प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच आज पनि छलफल हुँदैछ ।

कार्यदल गठन भएपछि छलफललाई तिब्रता दिदै आएको कार्यदलको बैठकमा मोर्चाले उठाएका ११ बुँदे मागबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य एवम् कार्यदलका सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।

बैठक दिउँसो बस्ने भनिएपनि समय भने तय हुन सकेको छैन । यसअघि हिजो बसेको कार्यदलको बैठकमा राजनीतिक संयन्त्रमार्फत प्रदेश सिमाकंनको टुंगो लगाउने विषयमा मोर्चा सकारात्मक देखिएपछि आज फेरि छलफल हुन लागेको हो ।

बैठकमा प्रमुख तीन दलले बनाएको कार्यदलसँग मोर्चाले प्रदेश सिमाकंनलाई टुंग्याउन बनाइने राजनीतिक संयन्त्रको वैधता र कार्य्विधि पेश गर्न भने पछि वैठक आज बस्ने गरी टुंगिएको थियो ।

वैठकमा ११ बुँदे माग सम्बोधन गर्ने विषयमा गम्भीर छलफल भएपनि विश्वास गरि हाल्ने वावारणको निर्माण नभएको मोर्चाका नेताहरुले वताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ