दलहरुसँग जारी वार्ता प्रक्रियाबारे छलफल गर्न मोर्चाको बैठक बस्दै

दलहरुसँग जारी वार्ता प्रक्रियाबारे छलफल गर्न मोर्चाको बैठक बस्दै

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ २४ पौष ।  लामो समयदेखि तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ ।

तामालोपा कार्यलय बिजुलीबजारमा बिहान ११ बजेपछि बस्ने बैठकमा प्रमुख दलहरुसँग जारी वार्ता प्रक्रिया तथा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा दलहरुसँगको वार्ता प्रक्रियासँगै आन्दोलनलाई पनि निरन्तरता दिने विषयमा छलफल हुने मोर्चा आवद्ध दल सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

यसअघि हिजो भएको दलहरुसँगको वार्तामा राजनितिक संयन्त्र मार्फत सिमांकन विवाद सुल्झाउन मार्चा केही सकारात्मक देखिएको बताइएको छ ।

वार्ताबाट केही हदसम्म विश्वासको वातावरण बनेपनि आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने कर्णले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ