सीमांकन विवाद टुंग्याउन छुट्टै राजनीतिक संयन्त्र गठनको प्रस्ताव

सीमांकन विवाद टुंग्याउन छुट्टै राजनीतिक संयन्त्र गठनको प्रस्ताव

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पुष २३, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाको ११ बुँदे मागबारे टुंगो लगाउन बनाइएको संयुक्त कार्यदलको बैठकमा तीन दलले सीमांकन विवाद तीन महिनाभित्र टुंग्याउन छुट्टै राजनीतिक संयन्त्र बनाउने प्रस्ताव अघि सारेका छन् ।

सिंहदरबार दिउँसो बसेको बैठकमा तीनदलका तर्फबाट तीन महिनाभित्र सीमांकन विवाद टुंग्याउन यस्तो प्रस्ताव गरिएको हो । यद्यपी छुट्टै संयन्त्र बनाउँदा त्यसको क्षेत्राधिकार देखि कानुनी जटीलता हुने भन्दै कार्यदलबाटै टुंग्याउने माग मोर्चाले गरेको छ ।

कार्यदलका सदस्य एवं तमलोपा उपाध्यक्ष ह्दयेश त्रिपाठीले छुट्टै संयन्त्रलाई जिम्मा दिँदा त्यसको संवैधानिक, कार्यक्षेत्र र क्षेत्राधिकारको विवाद हुन्छ, वैधानिकतामा पनि प्रश्न उठ्ने भन्दै कार्यदलबाटै टुंग्याउनु पर्ने बताउनुभयो ।

तीन दलका तर्फबाट बैठकमा सहभागी सदस्यले भने यो प्रस्तावमा मोर्चा सकारात्मक भएको बताएका छन् । कार्यदलमा तीन दलका तर्फबाट महेश आचार्य, भीम रावल र कृष्णबहादुर महरा तथा मोर्चाका तर्फबाट ह्दयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेस राय सदस्य हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ