संविधानको रक्षा र कार्यान्वयन सबैको दायित्व : मन्त्री राई

संविधानको रक्षा र कार्यान्वयन सबैको दायित्व : मन्त्री राई

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,२३ पौष ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको मुलुकको अवस्था केही दिनमै सहज हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल मोरङको आयोजनामा आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबाट सहमतिका लागि गठित कार्यदलले बुधबारदेखि नै मधेसी मोर्चासँग वार्ता सुरु गरेकाले केही दिनमै सबै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

अघोषित नाकाबन्दीका कारण सिर्जित मानवीय सङकटलाई अन्त्य गर्न सरकारले अधिकतम लचकता अपनाएको चर्चा गर्दै उहाँले मोर्चाको ११ बुँदे मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो।

सरकारको प्रवक्तासमेत रहनुभएका उहाँले एक सातामा इन्धनको आपूर्ति सहज हुने र कालोबजारीलाई नियन्त्रण गर्न सरकारले प्रत्यक्ष रुपमा अनुगमनका साथै कारबाहीका प्रक्रिया अगाडि बढाएको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ