संविधान संशोधन विधेयकमा ११ वटा संशोधन प्रस्ताव दर्ता

संविधान संशोधन विधेयकमा ११ वटा संशोधन प्रस्ताव दर्ता

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, पुस २३ ।

संविधानको पहिलो संशोधन विधेयकमा ११ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।नेपाली कांग्रेसको तर्फबाट पाँच तथा एकीकृत माओवादी, नेमकिपा, नेकपा संयुक्त, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाली जनता दल र राष्ट्रिय जनमोर्चाको तर्फबाट एक एक गरी ११ वटा संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

कांग्रेसको तर्फबाट मिनेन्द्र रिजाल, विमलेन्द्र निधि, फरमुल्लाह मंसुर, रोमी गौचन र सञ्जय गौतमले पनि संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । बिमलेन्द्र निधिले संविधानको धारा ८४ को उपधारा १ को खण्ड ‘क’ मा, धारा २८६ को उपधारा ५ मा साथै धारा २८६ को उपधारा ६ मा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।

फरमुल्लाह मंसुरले धारा ४२ को उपधारा १ मा यस्तै मिनेन्द्र रिजालले धारा २८६ को उपधारा ५ मा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।

यस्तै खुम्बुवानको तर्फबाट रामकुमार राई, नेमकिपाका प्रेम सुवाल र अनुराधा थापामगरले संयुक्त रुपमा, नेपाली जनता दलका हरिशरण शाह, राष्ट्रिय जनमोर्चा दुर्गा पौडेल र निमा पुनले संयुक्त रुपमा, नेकपा संयुक्तका जयदेव जोशी तथा एकीकृत माओवादीका श्याम श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गराउनु भएको हो ।

बिहीबार बेलुका पाँच बजेसम्म संशोधन प्रस्ताव दर्ता गराउन सकिने संसद सचिवालयले जनाएको छ । अहिलेसम्म नेकपा एमालेको तर्फबाट संशोधन प्रस्ताव दर्ता भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ