सीमांकन विवाद संयन्त्रलाई दिन मोर्चा सकारात्मक

सीमांकन विवाद संयन्त्रलाई दिन मोर्चा सकारात्मक

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौ,२३ पौष ।

प्रमुख तीन दलको प्रस्ताव अनुसार आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सीमांकन विवाद राजनीतिक संयन्त्र बनाएर तीन महिना टुंगो लगाउन सकारात्मक देखिएको छ ।

सिहंदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा बसेको बैठकमा मधेसी मोर्चाका नेताहरु सीमांकन विवाद राजनीतिक संयन्त्र बनाएर तीन महिना टुंगो लगाउन सकारात्मक देखिएका छन ।

बैठकमा सिमाङकन लगायत मोर्चाले राखेको ११ बुँदे मागका बिषयका छलफल सुरु भएको कार्यदलका सदस्य एवं कांग्रेस नेता महेश आचार्यले जानकारी दिनुभयो ।

राजनीतिक संयन्त्र र त्यसको कार्यादेशबारे शीर्ष नेताहरुसँग छलफल गर्नु पर्ने भएकाले बैठक साझ सम्मका लागि स्थगित गरेको उहाले बताउनु भयो ।

मोर्चाका कार्यदल सदस्य एबम तमलोपा उपाध्यक्ष ह्दयस त्रिपाठीले वार्ता सकारात्मक रुपमा अघि बढेपनि राजनीतिक समन्वय समितिको कार्यक्षेत्र र वैद्यानिकता बारे प्रष्ट हुनुपर्ने बताउनुभयो ।

कार्यदलको बैठक साँझ पुन बस्ने गरी स्थगित भएको छ । बैठकको समय भने तय भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ