विद्यालयको चापाकलबाट गाँउभरिकै मानिसले पानी पिउँदै

विद्यालयको चापाकलबाट गाँउभरिकै मानिसले पानी पिउँदै

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

महोत्तरी, २३ पुस ।

महोत्तरीको गौशालास्थित त्रिभुवन उच्चमाध्यमिक विद्यालयमा अनुदानमा निर्मित भएको चापाकलबाट गाउँभरिका मानिसले पानी पिउन पाएका छन् ।

स्वर्गीय मुकुन्द खनाल स्मृति प्रतिष्ठान गौशालाले विद्यालयको प्राङ्गणमा रु दुई लाखको लागतमा दुईवटा चापाकल निर्माण गरिदिएपछि नजिकै रहेको गाउँका सयभन्दा बढी घरपरिवारले स्वच्छ पानी पिउन पाएका हुन् ।

प्रायः न्यूनस्तर एवम् दलित परिवारका बस्ती रहेको सो गाउँका मानिस पानी लिन त्यहाँ आउने गरेको विद्यालयका शिक्षक भोगेन्द्र महतोले जानकारी दिनुभयो ।

बिहान र बेलुकाको समयमा विद्यालयले निर्बाध रुपमा पानी उपलब्ध गराउँदै आएको शिक्षक महतोले बताउनुभयो ।

विद्यालयमा लामो समयदेखि खानेपानीको अभाव भएपछि प्रतिष्ठानले विद्यालयको प्राङ्गणमा खानेपानीको व्यवस्था गरिदिएको हो ।

गत वर्ष मुकुन्द खनालको स्मृति दिवसको अवसरमा दुईवटा चापाकल, पानी राख्ने ट्याङ्की एवम् शौचालयसम्म पानी पु¥याउने कार्य सम्पन्न गरेको प्रतिष्ठानका संरक्षक भरतप्रसाद उपाध्ययले जानकारी दिनुभयो ।

पानीको अभावमा कोकाकूल रहेको सो गाउँका मानिस अब विद्यालयबाट पानी पाएपछि हर्षित भएका छन् । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ