सभापतिका लागि सहयोग गर्न नेता देउवाको आह्वान

सभापतिका लागि सहयोग गर्न नेता देउवाको आह्वान

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौैँ, २२ पुस ।

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी १३औँ महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न आह्वान गर्नु भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई सभापतिमा सहयोग गर्न पार्टीका नेताहरुसँग आह्वान गर्नु भएको हो । पार्टीलाई उत्साहका साथ समावेशी समानुपापतिक सिद्धान्तका आधारमा अगाडि बढाउने उहाँले अठोट व्यक्त गर्नुभयो ।

नेपालमा प्रजातन्त्रप्रति पूर्ण विश्वास राख्ने पार्टी नेपाली काँग्रेस नै रहेको र अरु पार्टीलाई अझै पनि पूर्ण विश्वास नभएकाले प्रजातन्त्रलाई सुदृढ गराउनेतर्फ आफूले पार्टीलाई लैजाने नेता देउवाले बताउनुभयो ।

“संविधानको कार्यान्वयन, विकास निर्माणलगायत विषयमा मुलुकमा धेरै चुनौती रहेकाले त्यसको सामना गर्ने जीवन्त पार्टीको रुपमा काँग्रेसलाई स्थापित गर्नुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो ।

दिवा भोजमा देउवा पक्षकाबाहेक संस्थापन पक्षका मानिने महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, केन्द्रीय सदस्य नरहरि आचार्य, महेश आचार्य, डा मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशीलगायत नेताको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ