बस दुर्घटनामा मुत्यु हुनेको संख्या ७ पुग्यो

बस दुर्घटनामा मुत्यु हुनेको संख्या ७ पुग्यो

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाण्डौ,२२ पौष ।

दाङको घोराही–तुलसीपुर सडकखण्डमा स्कुल बस र माइक्रो बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मुत्यु हुनेको संख्या ७ पुगेको छ । २२ जना घाइते भएका छन । गम्भीर घाइते २ जनाको उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्बरको माइक्रो बस र घोराहीबाट विद्यार्थी लिन नारायणपुर तर्फ जाँदै गरेको रा १ क १९१ नम्बरको बस त्रिपुर नगरपालिका–३ को सौंरीकुलानजिक एकआपसमा ठोक्किँदा माइक्रो चालक सहित ५ जनाको घटनास्थलमै मुत्यु भएको थियो ।

माइक्रो चालक दाङ मानपुरका धनबहादुर थापा, यात्रु नारायणपुरका २६ वर्षिय सवनम अन्सारी र सल्यान काभ्राका डेढ वर्षका हेमन्त विष्टको मात्र सनाखत भएको छ । यस्तै उपचारका क्रममा तुलसीपुर राणगाउँकी किमीनी खड्का र ठेगाना नखुलेकी बिष्णु बिष्टको मुत्यु भएको छ । अन्य दुइ जनाको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिनुभयो । बिहान हुस्सु लागेका कारण सडक राम्ररी नदेखिँदा र माइक्रो बस तिव्र गतीमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ