काठमाण्डौ,२२ पौष ।
बिरगंजको मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ता र रक्सौलका व्यापारीबिच झडप हुँदा ७ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन ।
रक्सौलबाट सामान लिएर वीरगन्ज तर्फ पैदलै आइरहेका व्यापारीहरुलाई धर्नाकारीले अवरोध गर्न खोजेपछि विवाद हुँदा उक्त झडप भएको हो ।
झडपका कारण वीरगन्ज–रक्सौल सीमा तनावग्रस्त बनेको थियो। झडपमा भएका ७ जना मध्ये २४ बर्षीया चुन्नु मिश्र गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भारतीय ब्यापारीले धर्नाकारीमाथि पेट्रोल बम प्रहार गरेका छन । करिब आधा घण्टा चलेको दोहोरो झडप पछि दुबै तर्फ प्रहरी परिचालन बढाइएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline