मन्त्रालय फुटाउनु सरकारको बाध्यता : सचिव भट्टराई

मन्त्रालय फुटाउनु सरकारको बाध्यता : सचिव भट्टराई

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,२२ पौष ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रालय फुटाउनु वर्तमान सरकारको बाध्यता रहेको बताउनुभएको छ ।

प्रेस चौतारी कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्रिमण्डल जम्बो बनाउनुका साथै मन्त्रालय टुक्रयाउनु सरकारको बाध्यता रहेको बताउनुभयो ।

संसदमा बढी संख्या बढी भएको नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएपछि अन्य विभिन्न दललाई समेटेर सरकार निर्माण गर्नुपर्ने भएपछि मन्त्रिमण्डल ठूलो र मन्त्रालय फुटाउनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

मधेसमा देखिएको असहमतिका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउँदै उहाँले प्रादेशिक सीमाकङ्नको विषय राजनीतिक समिति बनाएर हल गर्नुपर्नेमा जोड दिनुभयो ।

आन्दोलन मधेसी मोर्चाका नेताको हातमा नरहेको बताउँदै उहाँले आन्दोलन सीमामा काठ, इन्धनलगायत तस्करी गर्नेको हातमा रहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ