मन्त्रालय फुटाउनु सरकारको बाध्यता : सचिव भट्टराई

मन्त्रालय फुटाउनु सरकारको बाध्यता : सचिव भट्टराई

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भीमदत्तनगर, २२ पुस ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रालय फुटाउनु वर्तमान सरकारको बाध्यता रहेको बताउनुभएको छ ।

प्रेस चौतारी कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्रिमण्डल जम्बो बनाउनुका साथै मन्त्रालय टुक्रयाउनु सरकारको बाध्यता रहेको बताउनुभयो ।

“हामीले पनि यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थियौँ”– एमालेको प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले भन्नुभयो, “यो आजको निम्ती राम्रो कुरो होइन ।”

संसद्मा बढी सङ्ख्या भएको नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएपछि अन्य विभिन्न दललाई समेटेर सरकार निर्माण गर्नुपर्ने भएपछि मन्त्रिमण्डल ठूलो र मन्त्रालय फुटाउनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

मधेसमा देखिएको असहमतिका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउँदै उहाँले प्रादेशिक सीमाकङ्नको विषय राजनीतिक समिति बनाएर हल गर्नुपर्नेमा जोड दिनुभयो । “अहिलेको सात प्रदेश कुनै हालतमा हेरफेर हुदैन”, उहाँले भन्नुभयो ।

आन्दोलन मधेसी मोर्चाका नेताको हातमा नरहेको बताउँदै उहाँले आन्दोलन सीमामा काठ, इन्धनलगायत तस्करी गर्नेको हातमा रहेको जिकिर गर्नुभयो । “दिनमा सीमामा धर्ना बस्ने, राति तस्करी गर्नेको हातमा आन्दोलन गइसकेको छ”– सचिव भट्टराईले भन्नुभयो– “त्यस्तो प्रवृत्तिमाथि सरकारले नियन्त्रण गर्नुपर्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ