काठमाडौ २२ पौष ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीमगर आज थाइल्याण्ड जाँदै हुनुहन्छ । उहाँहरु बिहान साँढे ११ बजे नेपाल एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।
थाइल्यान्डको बैंकक स्थित समितिवयज अस्पतालमा उपचारत पार्टी सचिव वर्षमान पुनलाई भेट्न दाहाल र घर्ती त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।
कमलपित्त रोगको समस्याका कारण झन्डै दुई सातादेखि थाइल्यान्डमा उपचार गराइरहनु भएका पुनलाई भेट्न पुनकी श्रीमती घर्ती सँगै अध्यक्ष दाहाल थाइल्यान्ड जान लाग्नु भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
यसअघि सोही समस्याका कारण नेता पुनले भारतको मेदान्त अस्पतालमा उपचार गराउनु भएकोमा पुनःसमस्या आएपछि थप उपचारका लागि थाइल्यान्ड जानु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline