विधान संशोधन हुनै नसक्ने नेता देउवाको दाबी

विधान संशोधन हुनै नसक्ने नेता देउवाको दाबी

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

 काठमाडौँ, २१ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको विधान कुनै हालतमा संशोधन नहुने दाबी गर्नुभएको छ ।

स्थानीयस्तरका अधिवेशन पुरानै विधानअनुसार हुन लागेकाले केन्द्रीय पदाधिकारी थप्नका लागि मात्रै विधान संशोधन हुन नसक्ने उहाँले तर्क गर्नुभयो ।

रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझेपछि आज यहाँ पत्रकारसँग बोल्नु हँुदै वरिष्ठ नेता देउवाले महाधिवेशनपछि बन्ने महासमितिले मात्रै आवश्यकताअनुसार विधान संशोधन गर्ने स्पष्ट पार्नु भयो ।

उहाँले हरेक अञ्चलबाट एक÷एक जना केन्द्रीय सदस्य बन्ने व्यवस्थाको सट्टामा सङ्घीय नयाँ व्यवस्थाअनुसार सातवटा प्रदेशबाट दुई÷दुई जनाको दरले केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था भने गरिने बताउनुभयो । “मुलुक सङ्घीयतामा गइसकेकाले पार्टीलाई पनि सङ्घीय व्यवस्थाअनुसारको स्वरुप दिनुपर्ने भएकाले प्रत्येक प्रान्तबाट दुई÷दुई जना केन्द्रीय सदस्य बन्ने व्यवस्थाका लागि विधान संशोधन गर्ने विषयमा मात्रै सहमति भएको हो,” उहाँले भन्नु भयो ।

पार्टीको क्रियाशील सदस्यताको विषयमा वरिष्ठ नेता देउवाले विवाद मिलाउन जिम्मा दिएको समितिको निर्णयलाई मान्नुपर्ने बताउनुभयो । बानेश्वरमा सम्पर्क कार्यालय खोलेर महाधिवेशनको तयारीमा लाग्नुभएका देउवाले आफ्नो उम्मेदवारीका विषयमा केही बोल्न चाहनु भएन ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता देउवाले संविधान संशोधन विधेयक पारित भएको भोलिपल्ट नाकाबन्दी खुल्ने दाबी पनि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ