एमाले संसदीय दलको उपनेतामा नेम्बाङ 

एमाले संसदीय दलको उपनेतामा नेम्बाङ 

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २१ पुस । नेकपा (एमाले)का संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ र प्रमुख सचेतकमा भानुभक्त ढकालल चयन हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सो पार्टीको संसदीय दलको बैठकले सर्वसम्मतरुपमा उहाँहरुलाई चयन गरेको सो दलका सचेतक गोकुल घर्तीले जानकारी दिनुभयो । गत महिना पार्टीको स्थायी कमिटीको सदस्यमा निर्वाचित हुनुभएका नेम्बाङलाई प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीको प्रस्तावमा उपनेता चयन गरिएको हो ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय नाकामा जारी अघोषित नाकाबन्दी चाँडै सहज हुने बताउनुभयो । उहाँले नेपाल भूपरिवेष्टित मुलुक भएकाले पारवहन अधिकार पाउनुपर्नेमा जोड दिँदै भावी दिनमा अर्काे छिमेकी देशसँग पारवहन सम्झौता हुने जानकारी दिनुभयो । ओलीले मधेसी मोर्चासँगको वार्ता पनि चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ