शैक्षिक माफियाहरुको फोटोसहित होडिङ बोर्ड राख्ने अखिल क्रान्तिकारीको चेतावनी

शैक्षिक माफियाहरुको फोटोसहित होडिङ बोर्ड राख्ने अखिल क्रान्तिकारीको चेतावनी

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौ,२१ पौष ।

नेत्र बिक्रम चन्द “विप्लब” निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले शैक्षिक माफियाहरुका बिरुद्ध कडा संघर्षका कार्यक्रम थाल्ने चेतावनी दिएको छ ।

यहि पुष १९ र २० गते ललितपुरको धोबिघाटमा सम्पन्न अखिल क्रन्तिकारीको चौथौ केन्द्रिय समितीको बैठकले शैक्षिक क्षेत्रमा देखा परेका समस्यालाई समाधान गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

यस्तै बैठकले २० राष्ट्रिय सम्मेलनमा रिक्त रहेको उपाध्यक्ष पदमा लाल बहादुर तामाङ, सचिबमा राम बहादुर बिक र कोषाअध्यक्षमा आस्था घिमिरेलाई निर्वाचित गरेको छ । साथैै सम्मेलनमा देखा परेका सम्पुर्ण असन्तुष्टीहरु साम्य भएको क्रान्तिकारीले जनाएको छ ।

यस्तै बैठकले सि.बि.एस.इ द्धारा संचालित भारतीय शिक्षण संस्था बिरुद्ध निर्णायक आन्दोलन गर्ने , भारतीय नाकाबन्दी र कालोबजारी बिरुद्ध संर्षण गर्ने , राष्ट्रघाती र जनबिरोधी क्रियाकलाप गर्नेलाई कारबाही गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकमा गरीएका निर्णयहरु सार्बजनिक गर्न रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुर्णबहादुर सिहले शैक्षिक माफियाहरुको सुचि तयार पारेको बताउदै उनीहरुको फोटोसहित होडिङ बोर्ड राख्ने चेतावनी दिनुभयो ।

उहाले आफनो संगठनका केन्द्रिय सदस्य हर्क बिक ,ललितपुर जिल्ला समितीका राम बहादुर तिरुवा र अर्जुन बिसी लगायतकालाई झुटा मुद्धा लगाइ गिरफ्तारी गरेको प्रति आपत्ती जनाउदै यथासिघ्र रिहा नगरे कडा संर्घषका कार्यक्रम सुरुवात गर्ने बताउनु भयो ।

अध्यक्ष सिहले माघ र फागुनमा मेची महाकाली तिन संगठनात्मक अभियान संचालन गर्ने पनि जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी