काठमाडौं २१ पौष ।
न्यायपरिषदमा पहिलो पटक महिला सदस्य हुने भएका छन् । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गिरीशचन्द्र लालले उमेर हदका कारण हिजोदेखि अवकाश पाएपछि परिषदमा आजबाट वरिष्ठ न्यायाधिस सुशिला कार्की सदस्य हुनुहुने भएको हो ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश न्यायपरिषदमा सदस्य हुने व्यवस्था छ । न्यायाधिस कार्की वरिष्ठताकै आधारमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकाल चैत अन्तिममा सकिएसँगै प्रधानन्यायाधीश पनि बन्दै हुनुहुन्छ ।
२०६७ सालदेखि सर्वोच्चको स्थायी न्यायाधीश बन्नुभएका कार्की, न्यायाधिस समाज नेपालको सदस्य तथा महिला न्यायाधीशहरूको अन्तराष्ट्रिय संगठनको सदस्य पनि हुनुुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline