काठमाडौं, २१ पौष ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक अहिले बसिरहेको छ । बिजुलीबजारस्थित तमलोपाको कार्यलयमा जारी बैठकमा कार्यदल गठन गरी विवाद समाधान गर्ने प्रमुख तीन दलको प्रस्तावबारे छलफल भइरहेको छ ।
प्रमुख तिन दल कांग्रेस, एमाले र एमाओबादीले कार्यदल गठन गरी विवाद टुंग्याउने प्रस्ताव गरेपछि त्यसबारे मोर्चाले अहिलेसम्म साझा धारणा तयार पार्न सकेको छैन ।मोर्चाले आज छुट्टै कार्यदल गठन गर्ने या वर्तमान समितिलाई नै वार्ता गर्न जिम्मेवारी दिनेबारे निर्णय गर्ने बताइएको छ ।
मधेसी मोर्चासँगको आइतबार भएको वार्तामा प्रमुख तीन दलले कार्यदल गठन गर्ने प्रस्ताव गरेका थिए । तर मोर्चाले आन्तरिक छलफल गर्नुपर्ने भन्दै कुनै प्रतिक्रिया दिएको थिएन । यसैबीच मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने तयारी पनि गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline