काठमाडौ, २१ पौष ।
मन्त्री परिषदको बैठक आज बस्दैछ । साँझ ६ बजेपछि बस्ने बैठकमा सरकारले भूकम्प पछिको पुनःनिर्माण गर्न गठ गरेको प्राधिकरणलाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ ।
प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपनि अन्य पदाधिकारीको नियुक्ती हुन बाँकी रहेकाले त्यसले पूर्णता पाउन सकेको छैन ।
दलहरुको सहमति अनुसार प्राधिकरणलाई पूर्णता दिने र भूकम्प प्रभावितका विषयमा अरु निर्णय पनि गर्ने मन्त्रिपरिषद कार्यालयले जनाएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाका विषयमा पनि छलफल हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline