काठमाडौ, २१ पौष ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।
सरकारले संसदमा पेश गरेको नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ संसदबाट हिजो पारित भएपछि आज अरु विधेयक पेश हुनेछन ।
संसदमा दर्ता भएका कुन कुन विधेयक पेश हुने भन्नेमा कार्यव्यवस्थाको बैठक बसेर तय गर्ने संसद सचिवालयले जनाएको छ ।
समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा परेको संशोधन विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफल सकिएपछि संशोधनको समय सुरु भइसकेको छ ।
व्यवस्थापिका–संसदले संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नका लागि ७२ घन्टाको समय दिएको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline