काठमाडौँ, २० पुस ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा एक विधेयक सर्वसम्मतिले पारित गर्नुका साथै अन्य तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा अर्थ राज्यमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको ‘बैंकिङ कसुर तथा सजाय ९पहिलो संशोधन० विधेयक, २०७१ र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
शिक्षामन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले प्रस्तुत गर्नुभएको ‘शिक्षा ९आठाँै संशोधन० विधेयक, २०७२ सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
यसैगरी स्वास्थ्यमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री खरेलले प्रस्तुत गर्नुभएकोे ‘खोप विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले पारित गरेको थियो ।
यसअघि महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथिको सामान्य छलफलमा सांसद डिल्लीप्रसाद काफ्लेले राख्नुभएको स्वास्थ्य संस्था निजी क्षेत्रलाई दिन नहुने भन्ने प्रस्तावमा त हुन नसकिने तर सरकारको अनुमति नलिई खोपसम्बन्धी कार्यक्रममा भाग लिन नपाउने मन्त्री खरेलले बताउनुभयो ।
मन्त्री खरेलले जवाफ दिनुअघि सांसद रामहरि खतिवडाले मन्त्री धेरै बनाइएको तर सम्बन्धित मन्त्री सदनमा उपस्थित नभएको भन्दै सम्बन्धित मन्त्रीबाटै विधेयक प्रस्तुत गर्न माग गर्नुभएको थियो
बैठकको प्रारम्भमा सभामुख घर्तिमगरले कार्यव्यवस्था परामर्श समितिमा विभिन्न सदस्यको नाम हेरफेर गरेको जानकारी दिनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि मङ्गलबार १ बजे बस्नेछ ।