एकसय आठ युवा छानिए

एकसय आठ युवा छानिए

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

धनगढी, २० पुस ।

कैलालीमा यस वर्ष युवा लक्षित च्याउखेती र तरकारी खेती कार्यक्रमतर्फ १०८ युवा छनोट भएका छन् ।

च्याउखेतीतर्फ ४० र तरकारी खेतीतर्फ ६८ जना युवालाई व्यावसायिकखेती गर्न अनुदान रकम उपलब्ध गराउन लागिएको छ । च्याउखेतीमा १११ जना र तरकारी खेतीमा १६३ जनाको निवेदन परेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कोमल शाहीले जानकारी दिनुभयो ।

च्याउखेतीका लागि प्रतिव्यक्ती रु ४० हजार अनुदान उपलब्ध गराउन लागिएको छ । यसरी अनुदान पाउनेले कम्तीमा दश प्रतिशत थप लगानी आफैँ लगाउनुपर्ने प्रावधान रहेको छ । तरकारी खेतीका लागि प्रतियुवालाई पहाडको हकमा रु ४० हजार र तराईको हकमा रु ६० हजार अनुदानको व्यवस्था गरिएको छ । तराईको हकमा तरकारीखेती गर्नेले एक बिघामा वर्षभरिमा दुई याम र पहाडको हकमा पाँच रोपनीमा दुई याम तरकारीखेती गर्नुपर्ने प्रावधान रहेको छ ।

जिल्ला कृषि विकास कार्यालयले च्याउखेतीका लागि जिल्लाको साबिक धनगढी उपमहानगरपालिका, अत्तरिया र घोडाघोडी नगरपालिकाका साथै चौमाला र मसुरिया गाविसलाई पकेट क्षेत्र तोकेको छ । यस्तै तरकारी खेतीका लागि तराई क्षेत्रका धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका, गोदावरी, हसुलिया, बसौटी, रतनपुर, चौमाला गाविस तथा पहाडी क्षेत्रका सहजपुर र निगाली गाविसलाई पकेट क्षेत्र तोकेको छ ।

सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले आव २०७०÷७१ देखि कृषि विकास कार्यालयमार्फत देशका कैलालीलगायत जिल्लामा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी