काठमाण्डौ,२० पौष ।
स्वास्थ्यमन्त्री रामजनम चौधरीले देशको विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने बताउनुभएको छ । उहाले समस्या चाँडै नै समाधान भई मुलुकले निकास पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
कास्कीमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले तराई मधेश आन्दोलनसम्बन्धी धेरै मागका सम्बन्धमा लगभग सहमतिमा पुगेको र सीमाङ्कनको विषयलाई राजनीतिक संयन्त्र निर्माण गरी छिट्टै टुङ्ग्याउने गरी छलफल जारी रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या रहेको उल्ल्ेख गर्दै उहाँले त्यसको समग्र सुधारका लागि आफू लागिपरेको दाबी समेत गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline