महिलामाथि हुने हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री मैनाली

महिलामाथि हुने हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री मैनाली

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २० पुस ।

उपप्रधान एवम बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले महिलामाथि हुने हत्या, हिंसा अन्त्य गर्न सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री मैनालीले बालविवाह न्यूनीकरकणका लागि सरकारले बालविवाहसम्बन्धी राष्ट्रिय रणनीतिसमेत ल्याउने तयारी गरेको बताउनु भयो । बालविवाह अन्त्य गर्ने सवालमा ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतनासँगै बालिका शिक्षा अत्यन्त महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

कार्यक्रममा उप्रधानमन्त्री मैनालीले लैङ्गिक हिंसाविरुद्धको सरकारको सद्भावना दूतमा चुनिनुभएका अभिनेता राजेश हमाल, कप्तान पारस खड्का र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेलाई सद्भावना दूतको आधिकारिकपत्र प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ