कांग्रेस उपसभापति पौडेल भारत प्रस्थान

कांग्रेस उपसभापति पौडेल भारत प्रस्थान

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ २० पौष ।

नेपाली कांग्रसका उपसभापति रामचन्द्र पौडेल आज भारत जानु भएको छ ।

पतन्जली योगपिठको कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान पौने ९ बजे जेट एयरबाट दिल्ली प्रस्थान गर्नुभएको हो । पाँच दिनका लागि भारत जानु भएका पौडेल आजै हरिद्धार जानु हुने कार्यक्रम रहेको छ ।

यद्यपी धार्मिक कार्यक्रमका शिलशिलामा भारत जान लाग्नु भएको भएपनि उहाँले दिल्लीमा रहँदा राजनितिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको उहाँसँगै भारत जान लाग्नु भएका योगपिठका नेपाल ट्रष्टी सालिकराम सिंहले बताउनु भयो । पौडेलको भ्रमण धार्मिक सँगै राजनितिक हुने सिंहको भनाई ।

हरिद्धारबाट दिल्ली फर्किनु भएपछि पौडेलले विदेशमन्त्री शुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबल लगायतका नेता तथा उच्चपदाधिकारीहरुसँग भेट गर्ने कार्यतालिका रहेको छ । उहाँ आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ