काठमाडौ २० पौष ।
व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । दिउँसो एक बजेपछि बस्ने बैठकमा कानुनमन्त्री अग्नी खरेलले विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ ।
मोर्चा आवद्ध दलका सांसदहरुको अवरोधकाबीच संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल हिजो सकिएको छ । खरेलको जवाफसँगै विधेयकमा संशोधन दर्ता गर्नका लागि ७२ घण्टाको समय उपलध गराइने संसद सचिवालयले जनाएको छ ।
७२ घण्टा भित्रमा सांसदहरुले विधेयकमाथि आफूलाई गालेको संशोधन प्रस्ताव दर्ता गराउन सक्नेछन् । संशोधन प्रस्ताव धेरै भएमा सभामुख ओनसरी घर्तीले छुट्टै समिति मार्फत छलफल अघि बढाउने नभए संसद भित्रै छलफल गरेर पारित गराउने तयारी गर्नु भएको छ ।
यसबीचमा प्रमुख दलहरुले मधेशी मोर्चा आवद्ध दलहरुलाई विश्वासमा लिएर विधेयकमाथि सहमति जुटाउन प्रयास गरिने नेताहरुले बताएका छन् ।