तीन दल र मोर्चाबीचको बार्ता सकारात्मक

तीन दल र मोर्चाबीचको बार्ता सकारात्मक

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

पुष १९ काठमाण्डौं । प्रमुख ३ दल र मधेसी मोर्चाविचको आजको बार्ता सकारात्क भएको नेताहरुले बताएका छन् । मधेसी मोर्चाले राखेका मागका बारेमा विस्तृतमा छलफल भएको थियो ।

बालुवाटार वार्ताबाट बाहिरिदै कंग्रेस बरिष्ठ नेता देउवाले भित्र वार्ता सकारात्मक रुपमा अघि बढेको जानकारी दिदैं, सबै विषयमा राम्रोसँग छलफल भएको छ । मंगलबार सम्म सहमति होला । प्रमुख तीन दलका नेताहरुबीच एक चरण छलफल भएपछि सबा छ बजेदेखि मधेसी मोर्चासँग वार्ता सुरु भएको थियो ।

वार्तामा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरु उपस्थित रहे पनि मोर्चाका तर्फबाट महन्थ ठाकूर, हृदयेश त्रिपाठी, रामनरेश राय र राजेन्द्र श्रेष्ठ मात्रै सहभागी छन । मोर्चाका नेताहरु उपेन्द्र यादव र महेन्द्र राय यादव वार्तामा सहभागी भएनन् भने सद्भावनाका अध्यक्ष राजेन्द्र महतो दिल्लीमा छन्। महतो पक्षले वार्तालाई बहिष्कार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ