दुई विधेयकमाथि छलफल गर्न संसदको स्वीकृति

दुई विधेयकमाथि छलफल गर्न संसदको स्वीकृति

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, १९ पुुस ।

व्यवस्थापिका–संसद्को आजको बैठकले नेपाल राष्ट्र बैँक (दोस्रो संशोधन) विधेयक, २०७१ र निपेक्ष तथा कर्जा सुरक्षण कोष विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने छुट्टाछट्टै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठक सुरु हुनेबित्तिकै मधेसी मोर्चामा आबद्ध दलका सांसदले सभामुख ओनसरी घर्तीको आसनअगाडि वेल घेराउ गर्दै नाराबाजीका सुरु गर्नुभएको थियो । नाराबाजीका बीचमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनको आजको बैठकमा ती दुई विधेयक पेस गर्नुभएको थियो ।

ती विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भाग लिँदै आर्थिक समानता र अर्थतन्त्रलाई स्थायित्व दिने विषय नेपाल राष्ट्र बैँक (दोस्रो संशोधन) विधेयकमा समेटिनुपर्ने बताउनुभयो ।

सोही पार्टीका डिल्लीप्रसाद काफ्लेले सर्वसाधारण जनताको निक्षेप तथा कर्जा सुरक्षा सरकारी बैंकबाट गर्ने प्रबन्ध मिलाउन र निक्षेप तथा कर्जा सुरक्षण कोषमा जम्मा भएको रकम जलविद्युत्मा लगानी गर्न सुझाव दिनुभयो ।

अर्थमन्त्री पौडेलले सर्वसाधारण जनताका लागि बैंकिङ सेवा थप सहज बनाउन र बैंकको पुँजी वृद्धि गर्न प्रोत्साहन गर्न संशोधन विधेयक आएको बताउनुभयो । उहाँले राष्ट्रहितलाई ध्यानमा राखी खुलाबजार नीति अवलम्बन गरिएको पनि बताउनुभयो ।

अर्थमन्त्री पौडेलले निक्षेप तथा कर्जा सुरक्षालाई प्रभावकारी बनाउन निक्षेप तथा कर्जा सुरक्षणसम्बन्धी विधेयक आएको जानकारी दिनुभयो ।

यसैगरी बैठकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘खोप विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ पेस गर्नुभएको थियो ।

सो अवसरमा उहाँले बालबालिका जीवन रक्षा गर्न विधेयक महत्वपूर्ण रहेको बताउनुभयो । बैठकमा सभामुख घर्तीले राज्यमन्त्री नियुक्तिसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउनुभएको थियो ।

आजकै बैठकले संसद् नियमावली मस्यौदा समितिको कार्यावधि १५ दिन थप्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको थियो । सो प्रस्तावलाई सदनमा समितिका सभापति राधेश्याम अधिकारीले पेस गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ