तिन दलको बैठक बालुवाटारमा सुरु

तिन दलको बैठक बालुवाटारमा सुरु

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, १९ पौष ।

प्रमुख तिन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबिच आज बार्ता हुने भएको छ । लामो समय सम्बादहिनताको अवस्थामा रहेका दलहरुबीच समस्या समाधानको बिषयमा छलफल हुने बताइएको छ ।

मोर्चासंगको बार्ता अघि प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे प्रमुख तीन दल नेकपा एमाले, कांग्रेस, र एमाओवादीबीच वार्ता हुने तय भएको छ । यस्तै ६ बजे मधेसी मोर्चासहित तीन दलको वार्ता हुने तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनु भयो ।

आजको वार्तामा ४ बुँदे रोडम्याप र ११ बुँदे माग पत्रमाथि छलफल हुने बताइएको छ । जोगवनी झडपमा घाइते भएका सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएपछि आजको वार्ता नहुने अनुमान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ