मधेसी मोर्चाको विरोध सभालाई डा. भट्टराईले सम्बोधन गर्ने

मधेसी मोर्चाको विरोध सभालाई डा. भट्टराईले सम्बोधन गर्ने

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १९ पौष ।

सरकार आफ्ना माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाउँदै आएको आन्दोलनरत मधेसी मोर्चाले रुपन्देहीमा विरोध सभाको आयोजना गरेको छ ।

आज दिउँसो १ बजे रुपन्देहीको बुटवलमा हुने विरोध सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रदेश सिमाकंन लगायतका माग राख्दै आन्दोलन गर्दै आएको मोर्चाले सरकारलाई दबाब दिनकै लागि विरोध सभा आयोजना गरेको जनाएकोे छ ।

सरकार वार्ताको वातावरण बनाउनुको सट्टा शान्तिपूर्ण आन्दोलनलाई दबाउन लागि परेको आरोप लगाउँदै मोर्चाले सरकारले आफूहरुका माग सम्बोधनका लागि आधिकारीक अवधाराणा नल्याएसम्म वार्तामा नबस्ने वताउँदै आएको छ ।

यसैवीच मोर्चाको आन्दोलनमा समर्थन जनाउँदै नयाँ शक्ति अभियानका संयोजक डा.वावुरम भट्टराई पनि विरोध सभामा सहभागी हुने एक नेृताले बताए ।

बुटवलमा आयोजना गरिएको विरोध सभालाई भट्टराई, जनजाति नेता पद्मरत्न तुलाधर लगाएतकाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ