संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिदै

संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिदै

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १९ पौष ।  

व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा संविधान संशोधन विधेयमाथि बोल्न बाँकी रहेका सांसदहरुले धारणा राख्नेक्रम जारी रहने संसद सचिवालयले जनाएको छ ।

गत बिहिबार विधेयकमाथिको छलफल सकाउने तयारी रहेकोमा दलहरुको आग्रहपछि आज सम्मका लागि लम्ब्याइएको हो । विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकाउने तयारी रहेको सचिवालयका सहयक प्रवक्त सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

संसदको अन्तरिम कार्यविधि अनुसार विधेयकमाथि सैद्धान्तिक छलफल सकिएपछि विधेयकको प्रस्तावित प्रावधानमा संशोधन दर्ताका लागि सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध गराइनेछ ।

संशोधन दर्ताको अवस्था अनुसार विधेयक पारितको कार्यतालिका छोटो हुने वा लम्बिने प्रक्रिया निर्धारण हुनेछ । संशोधन प्रस्ताव धेरै भए संसदको समितिमा छलफल गरी विधेयकलाई अन्तिम रुप दिइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ