दलित बस्तीमा कपडा वितरण

दलित बस्तीमा कपडा वितरण

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

मेलम्ची, १९ पुस ।

भूकम्पपीडित दलित बस्तीमा निजामती महिला कर्मचारी सङ्घ र सिङ्गापुरमा रहेका नेपाली डा निखिल गौतमलगायतका दाताहरुको आर्थिक सहयोगमा शनिबार राहत वितरण गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका १ र २ का ८० घरपरिवारलाई प्रतिघर एक–एकवटाका दरले ८० थान कम्बल वितरण गरिएको सङ्घकी अध्यक्ष अञ्जना सुवेदीले बताउनुभयो ।

त्यसैगरी उक्त नगरपालिकाका अन्य १४ घरपरिवारलाई पनि जाडोका लागि न्यानो कपडा, ज्याकेट, गलबन्दी, टोपी वितरण गरिएको थियो ।

कपडा वितरणपश्चात् दलित बस्तीका बासिन्दाले चिसोको समयमा ठूलो राहत पुगेको भन्दै उक्त संस्थालाई धन्यवाद दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ