गायक यूबराज छन्त्याल चाइना तिर जाम बोलको गित बाट कतारमा सम्मानित

गायक यूबराज छन्त्याल चाइना तिर जाम बोलको गित बाट कतारमा सम्मानित

  • शनिबार, पुस १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाण्डौ, १८ पुस ।

देशको परिस्थिति लाई बुझेर गायक यूबराज छन्त्यालले चाइना तिर जाम बोलको गित लाई बजार मा लिएर आएका छन ।

बिगत ३ वर्ष देखि निरन्तर गित संगीत मा लागिरहेका छन्त्याल रोजगारीको सिलसिलमा कतार मा रहदै आएका छन । अहिले सम्म आइपुग्दा ५ वटा एल्बम निकालेका छन्त्याल को जन्म थलो भने बाग्लुङ हो ।

गायक यूबराज छन्त्याल गाउने मात्र नभई आफै गित सिर्जना गर्न पनि माहिर हुनुहुन्छ अरु को दुख लाई नि आफ्नै दुख सम्झने छन्त्याल समाजसेवा तिर नि निकै चासो दिएर लाग्नुहुन्छ । धेरै ठाउमा समाजसेवा गरिसक्नुभएको छ बिगत ७ वर्ष देखि बिदेसी भुमि मा रहदै आएका यूबराज छन्त्याल गित संगीत भने पछि हुरुकै हुनुहुन्छ ।

हामी सग को कुराकानी मा छन्त्याल भन्नु हुन्छ मैले धेरै मान्छे चिनेको छु तर मैले कसैको नि साथ् पाइन् अहिले म जुन ठाउमा छु यो मेरै साथले गर्दा हो । अहिलेका कलाकारहरुले धेरै को साथ् पाका छन भन्नुहुन्छ । र आफु निकै खुसि रहेको कुरा नि जानकारी गराउनुहुन्छ पछिल्लो समयमा घर परिवार बाट पनि राम्रै सपोट भएको र आफ्नो घर परिवार नि निकै खुसि रहेको कुरा गर्नुहुन्छ । गायक यूबराज छन्त्यालले गाएको गीतले पछिल्लो समय चर्चा कमाएको छ ।

समय सान्दर्भिक ‘गित चाइना तिर जाम’ यहि गित बाट कतारमा एक कार्येक्रम बीच गायक यूबराज छन्त्याल लगाएत सम्मानित हुनेमा लोक दोहोरी गायिका देबीका केसी, मोडेल केशब भट्टराई, दिनेश घिमिरे, लोकेस कुमार बि.सी, सिर्जना गुरुङ, संगीतकार मंगल बि.क, निर्देशक इस्वर उप्रेती, क्यामेरा भबिन्द्र तमाङ, भगत राई रहेका छन् ।

कलाकारहरुले भारतले नेपालमाथी गरेको नाकाबन्दीको विरोधमा र नेपाल सरकारलाई ‘भारतको भर नपरौँ चाइना तिर जाम’ भन्ने सुझाव सहितको उक्त गीत प्रस्तुत गरेका थिए । ठकुरी सहयोग सञ्जाल कतारले यस कार्यक्रमको आयोजना गदै कलाकारहरु सम्मान गरेको हो ।

यही बेला गाएक छन्त्याल गृह जिल्लामा चैते दशैको मेला हुने भएकोले मेला लाई ध्यान केन्दृत गर्दै चैते दशै को गीत पनि तयारि पार्दैहुनुहुन्छ अनन्य गित हरु नि आउने क्रममा रहेको छ गायक यूबराज छन्त्याल यो सम्मानले अझ थप जिम्मवारी थपिएको छ जब सम्म म यो संसारमा म हुन्छु तबसम्म गित संगीत को क्षेत्र छोडदिन भन्नुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी