वार्ता र छलफलबाट समस्या समाधान गर्न उपप्रधानमन्त्री गच्छद्धारको आग्रह

वार्ता र छलफलबाट समस्या समाधान गर्न उपप्रधानमन्त्री गच्छद्धारको आग्रह

  • शनिबार, पुस १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ,१८ पौष ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसमा आन्दोलनरत दललाई मुलुकको गम्भीरतालाई ध्यानमा राखी वार्ता र छलफलबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुलको स्थलगत निरीक्षण एवम् अवलोकनपछि पत्रकारसँगको भेटघाटमा उहाँले नेपाली जनतालाई दुःख, कष्ट र पीडामा धकेलेर आन्दोलन गरिरहनु नेपाली जनताप्रतिको जिम्मेवारी हुन नसक्ने बताउँदै समास्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

उहाँले प्रदेश र सीमाङ्कनका विषयमा मधेसवादी दलले गरिरहेको आन्दोलनलाई लम्ब्याउनुभन्दा पनि वार्ता र छलफलबाट निकास खोज्नु उत्तम हो भन्दै भारतको अघोषित नाकाबन्दी छिट्टै हट्ने विश्वास दिलाउनुभयो ।

नाकाबन्दी र आन्दोलनका कारण देशमा अहिले छ खर्बको क्षति भएको उहाँले जानकारी दिनुभयो । उपप्रधानमन्त्री गच्छदारले निर्माणाधीन मेची पुल आगामी पाँच महिनाभित्र सम्पन्न गर्न निर्देशन पनि दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ