काठमाण्डौ,१८ पौष ।
मोर्चा आबद्ध सदभावना पार्टीले छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पाटीले एक बिज्ञप्ती जारी गर्दै पुस १९ देखि २७ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
सार्बजनिक कार्यक्रम अनुसार १९ गते धार्मिक वा सार्वजनिक स्थलमा प्रार्थना सभा गर्ने, २० गते एक घन्टा मौन व्रत, २१ गते भित्ते लेखन, २२ गते साइकलदेखि ठेलासम्ममा कालो झण्डा राख्ने र हातमा कालो पट्टी बाँध्ने र २३ गते शहिदको सम्झनामा मैनवत्ती बाल्ने रहेको छ ।
२४ गते भारतसहित विश्वभर रहेका आफन्तलाई मधेस आन्दोलनबारे इमेल, फेसबुक म्यासेजमार्फत जानकारी दिने, २५ गते अन्य दलका सांसदलाई पार्टी छाडेर आउन दबाव दिन हस्ताक्षर संकलन गर्ने, २७ गते मधेस आन्दोलन १५० दिन पुगेको दिन एक दिन उपवास बस्ने कार्यक्रम छ ।
आन्दोलनका कार्यक्रम सार्बजनिक गरीएको विज्ञप्तिमा सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ। हाल उहा उपचारका लागि भारतको मेदान्त अस्पतालमा हुनुहुन्छ ।